News and Notices


आई.पि.एम. सम्वन्धी कार्यशाला गोष्‍ठी सम्‍पन्‍न

Submit By :

बाली संरक्षण निर्देशनालय र एशिया प्‍यासिफिक बाली संरक्षण आयोग (APPPC) को संयुक्त आयोजनामा यहि फागुन १६ देखि १९ सम्‍म आई.पि.एम. सम्बन्धी अन्तराष्‍ट्रिय कार्यशाला गोष्‍ठी सम्‍पन्‍न भएको छ। फाल्‍गुन १६ गते श्रीमान् कृषि सचिव डा. सुरोज पोख्रेलको अध्यक्षता एवं माननीय कृषि विकास राज्य मन्त्री श्री राधिका तामाङ ज्यूको प्रमुख आतिथ्यमा उद्‍घाटन भएको उक्त कार्यक्रममा कृषि विभागका महानिर्देशक श्री डिलाराम भण्डारी, एशिया प्‍यासिफिक वाली संरक्षण आयोग(APPC) का महासचिव डा. पियायो योङफन, एफ. ए. ओ. नेपाल प्रतिनिधि डा. पिपिनियो सोमसाक एवं बंगलादेश, कम्‍बोडीया, चाईना, लाओ, मलेशिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाईल्याण्ड, ईण्डोनेशिया र भियतनामका सहभागीहरुको आतिथ्यता रहेको थियो। उद्‍घाटन कार्यक्रममा माननीय कृषि राज्य मन्त्री श्री राधिका तामाङले नेपालमा आई.पि.एम. पद्धतिका लागि नेपाल सरकारले गरेका प्रयासहरु र अन्तराष्‍ट्रिय प्रतिवद्धताहरु प्रति नेपाल सरकार प्रतिवद्ध रहेको जनाउदै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो । बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डा. डिल्‍लीराम शर्माले सहभागी एवं अतिथिहरुलाई  स्वागत गर्दै विभिन्‍न देशका प्रविधि र अनुभवहरुको साटासाट गर्ने अवसरको पूर्ण रुपमा उपयोग हुने विश्‍वास व्‍यक्त गर्नु भएको थियो। उद्‍घाटन शत्रको समापन गर्दै कृषि विकास मन्त्रालयका श्रीमान् सचिव ज्यूले नेपालमा आई. पि. एम. कार्यक्रमले हासिल गरेको सफलता र स्वच्छ बाली उत्पादनका लागि यसको महत्व दर्शाउनु भएको थियो। चार दिन सम्म चलेको उक्त कार्यक्रममा विभिन्‍न देशमा अपनाईएको आई. पि. एम. पद्धति र हावापानी परिवर्तनका सन्दर्भमा आई. पि. एम. पद्धतिलाई कसरी अगाडी बढाउने भन्‍ने बिषयमा केन्द्रित रहेको थियो।