News and Notices


बिषादी प्रयोग मुक्त सप्‍ताह २०७४ को प्रभातफेरी कार्यक्रम सम्पन्‍न

Submit By :

"घातक बिषादी मुक्त संसार,स्वस्थ जीवन र पर्यावरणको आधार" भन्‍ने मुल नाराका साथ शुरु गरिएको पाँचौ बिषादी प्रयोग मुक्त सप्‍ताह २०७४" को पहिलो दिन आज पौष १७गते माननीय कृषि विकास मन्त्री रामकृष्ण यादवज्यू को प्रमुख आतिथ्यतामा विहान ८:०० वजे कृषि विभाग हरिहरभवनको प्राङ्गणबाट प्रभातफेरी शुरु भई जाउलाखेल, ललितपुर हुँदै पुन: कृषि विभागको हलमा फर्की सभामा परिणत भएको थियो। प्रभातफेरीको क्रममा विषादी सम्वन्धि जनचेतना जगाउने नाराहरु लगाउनुको साथै तत् सम्वन्धि प्लेकार्ड, व्‍यानरहरु प्रदर्शन गरिएको थियो सोही अवधिमा विषादी प्रयोग मुक्त सभा सम्वन्धि नाटक जाउलाखेलमा प्रस्तुत गरिएको थियो।उक्त वृहत सभामा बा.सं. निर्देशनालयका कार्यक्रम निर्देशक श्री अच्युतप्रसाद ढकालज्यूले सहभागीहरुलाई स्वागत तथा कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो। कृषि विकास मन्त्रालयका नि.सचिव श्री ईश्‍वर प्रसाद रिजालज्यूले विषादीको असरबारे चर्चा गर्दै मन्तव्य राख्नु भएको थियो। विषादीका नकारात्मक असरहरुवारे प्रकाश पार्दै सप्‍ताहको सफल सुभकामना सहित यस कार्यक्रमका प्रमुख अतिथि माननिय मन्त्रिज्यूले आफ्नो मन्तव्य राख्‍नु भएको थियो। नेपालमा विषादीको प्रयोगको स्‍थिति र यसबाट हुने नकारात्मक असर र कृषि विभागको भावी रणनिति बारे प्रकाश पार्दै कार्यक्रमका अधक्ष तथा कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्माज्यूले कार्यक्रम समापन गर्नु भएको थियो।प्रभातफेरी कार्यक्रममा विभिन्‍न मन्त्रालय, विभाग र कार्यालयका विशिष्‍ट व्‍यक्तीहरु, नगरपालीकाहरुका उपमेयरज्यूहरु, उपभोक्ता मन्‍चका अधक्षज्यूहरु, गैरसरकारी संस्‍थाका प्रतिनिधिज्यूहरु, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, पत्रकार बन्धुहरु, काठमाण्डौं, ललितपुर, भक्तपुरका आदरणीय कृषक दाजुभाइ तथा दिदि वहिनिहरु गरि करिव ५०० जनाको उपस्थिति रहेको थियो।